बुङको आलु

बुङको आलु
यो नेपालका लेकाली भेगका आदिवासी तथा स्थानीय बासिन्दाहरूले परापूर्वकालदेखि अपनाउँदै आएको मौलिक तथा परम्परागत कृषि प्रविधि हो। मुख्यरुपमा ओखलढुंगा र अन्यमा सोलुखुम्बु, खोटाङ, रामेछाप र दोलखा लगायतका ठाउमा समुद्री सतहबाट करिब २,५00 मिटरभन्दा बढी उचाइमा रहेका स्थानीय बासिन्दाहरूले आआफ्नो ठाउँ र परम्परा अनुसार यसै प्रकारको विधिबाट आलु खेती गर्दै आएका छन्।


सामान्यतया भिरालो पाखामा बुङको आलु रोपिन्छ । एक पटक रोपिएको ठाउँमा ४ देखि ५ वर्षदेखि ८-९ वर्षसम्म खेती गरिन्न । त्यसरी ८-९ वर्षसम्म बारीमा जम्मा भएका झाडी, झ्याउ र बुट्यान काटेर, खनेर सुक्न दिइन्छ। खनेका छपरीसँग काटेका झाडी सुकेपछि माटोले छोपेर यसलाई थुप्रो (बुङ) बनाएर डढाइन्छ।
डढेको खरानीलाई दुई-तीन दिन सेलाउन दिइन्छ। केही दिनपछि त्यही बुङमा ८ देखि १५ वटासम्म आलुको दाना रोपिन्छ। बुङको आकार गोलो हुने गर्छ। बुङको तयारी पुस माघमा गरेर आलु फागुनमा रोपिन्छ। यसरी रोपेको आलु भदौमा तयारी हुन्छ। बुङमा परम्परागत रूपमा उत्पादन हुँदै आएको आलु खुमल रातो (रातो आलु) हो।
-राजेन्द्र देवकोटा

 

Categories:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts :-