Add To Wishlist
Product

अनुसन्धानका अनुसार कफीको फूलमा हुने क्याफिनले माहुरीको मस्तिष्क र सम्झना शक्ति लाई तिखो बनाउँछ।क्याफिन सेवन गरेपछि माहुरीहरूले उक्त कफीको फूलको सुगन्ध लामो समयसम्म सम्झिरहन्छन् र बारम्बार त्यही बोटमा फर्किएर आउँछन्। यसले गर्दा कफी फार्ममा परागसेचनको प्रक्रिया निकै प्रभावकारी हुन्छ। त्यस्तै माहुरीले कफीको फूलबाट रस संकलन गरेर मह बनाउँछन्, त्यसलाई ‘कफी हनी’ भनिन्छ। यो मह अलि गहिरो रंगको र हल्का कफीको जस्तै स्वाद वा सुगन्ध भएको हुन्छ, जुन निकै प्रख्यात र महँगो मानिन्छ।
Leave a Reply