गोरखाको धार्चे गाउँपालिका ३ उहियामा मार्सी धान खेती गरेर उत्पादन भित्र्याइएको छ। उहिया कृषक आमा समूहले मार्सी धान फलाएका हुन्।
स्थानीय उहिया कृषक आमासमूहको नेतृत्वमा वर्षौंदेखि बाँझो बसेका पाखा, पखेरामा मार्सी धानको खेती सुरु गरिएको समूहकी संस्थापक प्रमिना घलेले बताइन् । “बाँदर लागेर हैरान पारेपछि खेती गर्न छाडेका पाखेरोमा समूह गठन गरेर मार्सी धान लगाउन सुरु गर्र्यौं”, उनले भनिन्, “सामूहिक रुपमा काम गरेपछि आलोपालो गरेर बाँदर कुर्ने, काम गर्ने र आम्दानी पनि हुने भयो । बाँझो जमिनको पनि सदुपयोग भयो ।” समूहले २०८१ सालमा २० रोपनी जमिनमा मार्सी धानखेती सुरु गरेको उनले जानकारी दिइन् ।
Leave a Reply