जिम्बुको प्रयोग र स्थानीय अर्थतन्त्रमा यसको योगदान

◾मुस्ताङका करिब ९५ प्रतिशत घरधुरीले जिम्बुलाई खानामा मसला (विशेष गरी तरकारी, दाल, अचार र मासुका परिकारमा स्वाद तथा सुगन्ध बढाउन) को रूपमा प्रयोग गर्ने गरेका छन्।
◾भौगोलिक रूपमा विकट र आधारभूत स्वास्थ्य सेवाको पहुँच कम भएको उक्त हिमाली क्षेत्रमा करिब ३८ प्रतिशत मानिसले जिम्बुलाई औषधीको रूपमा पनि प्रयोग गर्ने गरेको पाइएको छ। विशेषगरी रुघाखोकी, फ्लू, पेट दुख्ने समस्या तथा लेक लाग्ने (High altitude sickness) जस्ता स्वास्थ्य समस्याहरूमा यसको प्रयोग हुने गरेको अध्ययनले देखाएको छ। मानिसहरूले यसलाई घरपालुवा जनावरका विभिन्न रोगहरूको उपचारमा समेत प्रयोग गर्छन्।
◾जिम्बु लाइ कटान पछि यसलाई सिधै घाममा सुकाउनुको सट्टा छायामा वा हावा छिर्ने सुरक्षित ठाउँमा सुकाएर गुणस्तर कायम गरिन्छ।
◾माथिल्लो मुस्ताङका करिब ५२ प्रतिशत परिवार जिम्बु सङ्कलन र व्यापारमा प्रत्यक्ष संलग्न रहेको तथ्याङ्क अध्ययनले देखाउछ ।
◾उच्च हिमाली क्षेत्रका बासिन्दाका लागि जिम्बुको व्यापार एउटा प्रमुख मौसमी आम्दानीको स्रोत हो। यसको बिक्रीबाट स्थानीय घरधुरीको वार्षिक आम्दानीमा करिब १० प्रतिशतसम्म योगदान पुग्ने गरेको र यसले ग्रामीण अर्थतन्त्र सुदृढ गर्न सघाएको अध्यनले देखाउछ |
◾जिम्बु एक उच्च आर्थिक मूल्य बोकेको तर थोरै तौल भएको जडीबुटी हो। यसको बढ्दो माग र अव्यवस्थित वा अत्यधिक सङ्कलनले यसको प्राकृतिक बासस्थान र संरक्षणमा सचेत हुनु पर्ने देखिन्छ | गराएको छ। जिम्बुको व्यावसायिक खेती, संरक्षण र यसको बजार प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनु पर्ने देखिन्छ ।
प्रस्तुति : राजेन्द्र देवकोटा
स्रोत :रामचन्द्र नेपाल (Ram Chandra Nepal) द्वारा सन् २००६ मा ‘Status, Use and Management of Jimbu (Allium spp.): A Case Study from Upper Mustang, Nepal’ जिम्बुसम्बन्धी भएका अत्यन्त महत्वपूर्ण र प्रामाणिक अध्ययन बाट
Categories:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts :-